फेरि भूकम्पको धक्का



काठमाडौं : फेरि भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार राति ४ः४५ मा कास्की जिल्लाको लुम्ले केन्द्रबिन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ ।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्