तरवार प्रहार गरी नेविसंघका नेता डाँगीको हत्या



दाङ : खुुकुरी प्रहारबाट नेपाल विद्मार्थी संघ (नेविसंघ) का नेता डाँगीको हत्या भएको छ ।

उनलाई तुलसीपुर उपमहानगरपालिका वडा नं.६ गोलौरामा सोही ठाउँका अनुप बस्नेतले तरवार प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

डाँगी र बस्नेतबिच पहिल्यैदेखि नै रिसिबी रहेको र उनले बस्नेतलाई कुट्न भनेर उनको घर बाहिर पुगेको बताइएको छ ।

बस्नेत घर बाहिर निस्केपछि उनीहरुबीचच झडप भएको र झपडकै क्रममा बस्नेतले डाँगीलाई तरबार प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उनलाई दाङ र नेपालगन्जमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

उनको काठमाडौंस्थित हेम्स हस्पिटलमा उपचारका क्रममा मृत्युु भएको हो । मृृतक तुलसीपुर उपमहानगरपालिका ५ का २३ वर्षीय हिरा डाँगी फूटवल खेलाडी तथा नेविसंघका नेता हुन् । उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरासमेत हुन् ।

ईप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीले हत्यामा संलग्न बस्नेत फरार रहेको र उनको खोजीकार्य जारी रहेको जनाएका छन् । घटनास्थलबाट करिब ३ सय मिटरको दुरीमा टरीगाउँ एयरपोर्ट छ, जहा २४ सै घण्टा प्रहरी तैनाथ हुन्छ ।

प्रहरीको विशेष निगरानी रहने ठाउँमै घटना हुँदा पनि घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानियले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्