‘बी’ डिभिजन लिग : श्री भगवती र टुसालले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको दोश्रो खेलमा श्री भगवती र टुसालले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

श्री भगवतीका लागि मोहन बहादुर थापा मगरको गोल गरे भने टुसालका लागि संगम शाहीले गोल गरे। बराबरीसंगै टुसालले ५ खेलमा ८ अंक जोडेको छ । श्री भगवतीले ५ खेलमा ५ अंक जोडेको छ ।

Image may contain: 2 people, people playing sports and outdoor
Image may contain: 4 people, people playing sports, people standing and outdoor
Image may contain: 2 people, people playing sports and outdoor
प्रतिक्रिया दिनुहोस्