आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह


झापा : कोभिड-१९ विरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोभिड-१९ लागेको हो या होइन भनेर थाहा पाउन प्रदेश नं १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग भइरहेको जानकारी दिँदै सबै स्थानीय तहलाई आपतकालीन क्वारेन्टाइनको तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

उनले भने, “सीमा नाकामा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो सङ्क्रमित कोही छैन, तर भविष्यमा केही भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्याको समाधान गर्न सजिलो हुन्छ ।” प्रजिअ रानामगरले सबै स्थानीय तहलाई वडावडासम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गरे ।

जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाका काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेको स्वास्थ्यपरीक्षण गर्ने काम भइरहेकोे बताए ।

उनले हालसम्ममा २४ हजार बढीको स्वास्थ्य जाँच गरिएको जनाउँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न लागेका ज्वरो देखिएका १२ भारतीयलाई फिर्ता पठाइएको जानकारी दिए । मेची अञ्चल अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ट डा पिताम्बर ठाकुरले अस्पतालमा दुई दिनभित्रमा चार वटा बेड भएको आइसोलेसन कक्ष स्थापना गरिने बताए ।

उनले भने, “हामीसँग खाली कोठा छैन, इलेक्ट्रोनिक सर्जरी बन्द गरेर त्यही रुमलाई आइसोलेसन कक्ष बनाउँछौं ।” उनले सरकारले चाँडै बजेट पठाइदिएमा एक हप्ताभित्रमा पाँच आइसोलेसन कक्ष र दुईवटा भेन्टिलेटरसहितका आइसियू कक्ष बनाउन अस्पताल समिति तयार रहेको बताए । बैठकमा स्थानीय तहका प्रशासकीय अधिकृतहरुले आ-आफ्ना क्षेत्रमा तयारीका बारेमा छलफल भइरहेको र आफूहरुले गरिरहेको गतिविधिका बारेमा जानकारी दिए ।

उनले सबै कार्यालयका कर्मचारीलाई कार्यक्षेत्रमा खटिदा अनिवार्य माक्सको प्रयोग गर्न र सेवाग्राहीका लागि कार्यालयमा साबुन पानीको व्यवस्था गरिदिन कार्यालय प्रमुखहरुलाई अनुरोध गरे । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको

काठमाडौं : गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको

काठमाडौं : आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही

काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण विश्वयति बेला त्रसित छ । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा

जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन