कोरोनाबाट स्पेनिसमा फुटबल कोचकाे मृत्यु



काठमाडौं : कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा फुटबल कोचको मृत्यु भएको छ । स्पेनिस फुटबल कोच फ्रान्सिस्को गार्सियाको कोरोना संक्रमणका कारण २१ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाहा गरिसकेका छन् ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो ।

त्यसलगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्