इटहरीमा पनि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र



इटहरी : अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गरेका थिए ।

विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिए । उनले भने “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन : स्थापनामा सबैको ध्यान जानुपर्छ ।”

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्