कोरोनाको कहर विश्वभर : १ सय ६२ देश संक्रमित, ७ हजारभन्दा धेरै मानिसको मृत्यु



काठमाडौं : गत डिसेम्बर चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस संक्रमण अहिले विश्वको १ सय ६२ देशमा फैलिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोनाभइरसका कारण अहिलेसम्म ७ हजार १ सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कुल एक लाख ८२ हजार २ सय ६० जनाभन्दा बढी मानिस संक्रमित भएका छन् ।

चीन बाहिर संक्रमित हुनेको संख्या १ लाख १ हजार ४ सयभन्दा बढी रहेको छ ।

चीन बाहिर इटाली सबैभन्दा बढी प्रभावित भएको देश हो ।

त्यहाँ अहिलेसम्म २ हजार १ सय ५० जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कोरोनाको संक्रमण भएका मध्ये ४३.८३ प्रतिशत बिरामी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्