लाठ्ठी प्रहार गरि कञ्चनपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या



धनगढी: कञ्चनपुरमा लाठ्ठी प्रहार गरि श्रीमानले श्रीमतीको हत्यार गरेका छन् । जिल्लाको पुनर्वास नगपालिका–८ (क) गाउँमा ६३ वर्षीय श्रीमान सफली बयाडीले ६० वर्षीया श्रीमती खन्जरी बयाडीलाई लाठ्ठी प्रहार गरि हत्या गरेका हुन् ।

मदिरा सेवनले लट्ठ भएका सफली बयाडीले आइतबार राति ९ बजे तिर श्रीमतीसँग विवाद गरि टाउकोमा लाठ्ठी प्रहार गरेर घाइते बनाएको बुहारी बाटु बयाडीले बताइन् ।

श्रीमानको कुटाइबाट घाइते भएकी खन्जरीलाई उपचारको लागि पुनर्वासकै स्थानीय पोलिक्लिनिकमा लगिएकोमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको थियो । धनगढीमा समेत उनको उपचार सम्भव नहुँदा नेपालगञ्ज लगिएको थियो ।

नेपालगञ्जमा उपचारकै क्रममा उनको मृत्यु भएको मृतककी बुहारीले जानकारी दिइन् । मृतक खन्जरीका चार छोरा भएपनि चारै जना वैदेशिक रोजगारीको शिलशिलामा भारतको मुम्बईमा रहेका छन् ।

प्रहरीले श्रीमान सफललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्