सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु


काठमाडौं : काभ्रे, मोरङ र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

काभ्रे, पनौती नगरपालिका–५ पनौती बसपार्कस्थित सडकमा बा.५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट २ जनाको सोमबार मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा खानीखोला गाउँपालिका–१ बस्ने ३३ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका गोले रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै दुर्घटनाको बिषयलाई लिएर स्थानीयबासीले बनेपा–पनौती भित्री सडक–खण्ड अवरोध गरी सवारी साधनहरु र प्रहरीमाथि ढुङगा मुढा गर्नुका साथै पनौतीस्थित अस्थाई प्रहरी बिट समेत तोडफोड गरेका थिए ।

मोरङ, कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका ५० वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि पथरी अस्पताल पथरी हुँदै थप उपचारका लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी सधानको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दिया, राजापुर नगरपालिका–५ पहाडीपुरस्थित सडकमा से.१ त ७०६९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–१ बस्ने ४० वर्षीय प्रकाश थापाको सोमबार बेलुका मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषदको

काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख भन्दा बढी पुगेको छ। नेपाली समय अनुसार

काठमाडौं : कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण्मा रोक्ने उद्देश्यले मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले

काठमाडौं : सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको आशंकामा पाटन अस्पताल र वीर अस्पतालमा भर्ना भएर उपचारका क्रममा

काठमाडौं : आवश्यक पर्ने उपकरणहरु भित्र्याइएसँगै काठमाडौं उपत्यका बाहिर दैनिक १ हजार जनको कोरोना भाइरस

काठमाडौं : विश्व अहिले अदृश्य महामारी रोगसँग जुध्दै छ । यहीँ अदृश्य महामारी कोरोनाभाइरस (कोभिड–१९)को

काठमाडौं : कोरोनाभाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए

वीरगन्ज : पेट्रोलिय पदार्थ बोक्ने नेपाली ट्यांकरलाई भारतीय प्रहरीले रोक लगाएको छ । वीरगन्जबाट करिब

काठमाडौं : मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक

काठमाडौं : दाङका निश्चल रेग्मी स्नातकोत्तर तह अध्ययनका लागि गत फेब्रुअरी महिनामा ब्रिटेन आइपुगे।उनी वेल्सको