टी–ट्वान्टी विश्वकप तोकिएकै मितीमा हुने



काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसका कारण यतिखेर खेल क्षेत्र प्रभावित भएको छ।
विश्वभर संचालनमा रहेका तथा सुरु हुने तयारीमा रहेका सबै खेलकुद प्रतियोगिता स्थगित भइरहेका छन्।

तर, अष्ट्रेलियाले भने टी–ट्वान्टी विश्वकप सार्ने तयारी नभएको बताएको छ। यसै वर्षको अक्टोबर र नोभेम्बरमा पुरुष टी–ट्वान्टी विश्वकप खेल हुने छ। यो खेल अष्ट्रेलियाले आयोजना गर्ने तालिका रहेको छ ।

क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले ट–ट्वान्टी विश्वकप नसर्ने बताएका छन् ।

टी–ट्वान्टी विश्वकपको प्रि(क्वालिफाइङ अक्टोबर १८ देखी २३ सम्म जिलोङ र होबार्टमा संचालन हुनेछ। यस्तै प्रमुख १२ राष्ट्रको भिडन्त भने अक्टोबर २४ देखी सिड्नीमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्