दुबई पठाइदिन्छु भन्दै साढे दश लाख ठगी गर्ने एक जना पक्राउ



काठमाडौं : काठमाडौंको रानीवनबाट ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोमबार बागलुङ ढोरपाटन नगरपालिका–४ खुङ्गा स्थायी घर भएका शिव कुमार घर्ती मगर विभिन्न व्यक्तिबाट १० लाख ५३ हजार एक सय ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले दुबईमा वर्किङ भिषामा आकर्षक तलब हुन्छ भनी विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिमा विभिन्न व्यक्तिबाट रकम असुली गर्ने गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

प्रहरीले उनलाई गंगबुचोकबाट गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा आवश्यक अनुसन्धान र कारबाहीको लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्