कान्छी भाउजूसँगको अनैतिक सम्बन्ध लुकाउन जेठी भाउजूमाथि खुकुरी प्रहार



रौतहट : भाउजूको हत्याको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–१ का राजुकुमार सहनी भाउजूको हत्या गर्ने प्रयास गरेको अभियोगमा पक्राउ परेका हुन् ।

उनले कान्छी भाउजूसँगको अनैतिक सम्बन्ध लुकाउन जेठी भाउजू पुनकुमारी सहनीमाथि खुकुरी प्रहार गरेका थिए ।

ईलाका प्रहरी कार्यालय गरुडाले पत्रकार सम्मेलन गर्दै आज अभियुक्त राजुकुमार सहनिलाई सार्वजनिक गरेको छ । पुनमका श्रीमान भने वैदेशिक रोजगारीको शिलशिलामा बाहिर गएका छन् ।

घाइते पुनमको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । पुनमले राजुको लामोसमय देखि कान्छी भाउजूसँग अनैतिक सम्बन्ध रहदै आएको कुरा थाहा पाएपछि परिवारलाई भनिदिने धम्कि दिएकी थिइन् ।

आफ्नो सम्बन्धका बारेमा पोल खुल्ने डर भएपछि राजुले पुनमलाई मार्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ । अभियुक्तले मंगलबार बिहान चार बजे पुनममाथि खुकुरी प्रहार गरेका थिए ।

राजुमाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्तागरी जिल्ला अदालत गौरबाट म्याद थपगरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्