साढे तीन टन छोकडासहित पक्राउ



वीरगन्ज : पर्सा प्रहरीले विशेष सुराकीको आधारमा साढे तीन टन छोकडा सहित मिनि ट्रक नियन्त्रणमा लिएको छ ।

सोमबार विशेष सुराकीको आधारमा २३ लाख ५० हजार मुल्य बराबरको ३ हजार ५ सय किलो छोकडा नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी गराइन् ।

उनले वीरगन्जमा खरिद गरी अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा वीरगन्ज १६ स्थित ना ५ ख ८४८१ नम्बरको मिनि ट्रकमा लोड गरिएको छोकडा नियन्त्रणमा लिएको जानकारी दिइन् ।

ट्रकलाई नियन्त्रणमा लिन गएको प्रहरीलाई देख्नासाथ ट्रकका साथ समेत फरार भएको उनले बताईन् ।

पर्सा जिल्लामा तस्करी नियन्त्रण गर्न अभियान नै चलाएका छौं, उनले भनिन् अवैध मालसमान ओसार पसार गर्न यहाँ कडाई हुन थालेपछि तस्करीहरु नयाँ नयाँ योजना बनाएर तस्करी गर्न खोजेका छन, उनीहरु जति सुकै योजना बनाएर तस्करी गर्न खोजेपनि त्यसलाई निस्तेज गर्ने छौ उनले भनिन् ।

प्रमाण सहित माँग दावी गर्न कोहि नआएपछि पक्राउ गरिएको छोकडा सहितको ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएका छन । ट्रक र छोकडाको तस्करीमा संलग्न धनीहरुको खोजी कार्य गर्न प्रहरी परिचालन समेत गरेको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्