कोरोनाभाइरससँग लड्न नेपाललाई के–के आवश्यकता पर्छ लिस्ट पठाउनुस् : चीन



काठमाडौं : चीनले नेपाललाई कोरोना भाइरसको संक्रमणसँग लड्न आवश्यक पर्ने सामाग्रीहरुको लिस्ट माग गरेको छ ।

कोरोनाभाइरसको संक्रमणसँग प्रभावित भइसकेको चीनले नेपाललाई सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको उच्च जोखिमको सूचीमा परेको नेपालमा कोरोना संक्रमणको दबाबमा रहेको सयममा नेपाललाई सबैखाले सहयोग गर्ने चीनले जानकारी गराएको छ ।

चीनले संक्रमणको दबाबमा नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको प्रभावको विरुद्ध लड्न सहयोग गर्ने जानकारी गराएको हो ।

चीनले नेपालको आवश्यकताबारे जानकारी मागेको छ । चीनले नेपाललाई पठाएको पत्रमा लेखेको छ, ‘के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ रु हामी जुनसुकै बेला पनि तप्तर छौं ।’

नेपालले पनि चीनलाई कोरोनाविरुद्ध लड्न १ लाख थान मास्क पठाएर सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्