‘बी’ डिभिजन लिग : सातदोबाटो र झम्सिखेलले बराबरी खेल्दै अंक बाडे



काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र झम्सिखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोश्रो खेलमा सातदोबाटो र झम्सिखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

झम्सिखेलका लागि भुवन राईको गोल गरे भने सातदोबाटोका विरेन्द्र लिम्बुले गोल गरे। बराबरीसँगै सातदोबाटोले ६ खेलमा १६ अंक जोडेको छ । झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्