राजपाका संयोजक फेरिए



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका संयोजक फेरिएका छन् ।

भोलि बुधबारदेखि लागू हुने गरी अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी राजपाका नयाँ संयोजक बनेका हुन् ।

यसअघिका अध्यक्षमण्डलको संयोजकमा रहेका महेन्द्र राय यादवको दुई महिने कार्यकाल मंगलबारबाट सकिएको छ ।

राजपाले प्रत्येक दुई/दुई महिनामा संयोजक फेर्ने गरी अध्यक्षमण्डल गठन गरेको थियो । राजपा नेपाल छवटा दल मिलेर बनेको थियो । अध्यक्षमण्डलमा छ वटै दलका सदस्य रहने सहमति भएको थियो ।

सोही प्रावधान अनुसार प्रत्येक दुई महिनामा अध्यक्षमण्डलको संयोजक परिवर्तन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्