प्रदेश २ को नामकरणको लागि पेश भएका चारैवटा प्रस्ताव अस्वीकृत



जनकपुरधाम : ‘जानकी’, ‘मिथिला–भोजपुरा’, ‘मध्य–मधेस’ अस्वीकृत भएपछि समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र कुमार यादवले पेश गरेको ‘मधेस–प्रदेश’ प्रस्ताव पनि अस्वीकृत भएको छ ।

प्रदेश २ को नामकरणको लागि पेश भएको ‘मधेस–प्रदेश’ प्रस्तावको लागि मतदानमा पक्षमा ६० मत र विपक्षमा ४६ मत खसेको छ भने एक मत बदर भएको छ । अर्थात प्रदेश २ को नाम मधेश प्रदेश पनि अब नहुने निश्चित भएको छ ।

यसअघि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले पेश गरेको प्रस्ताव ‘मध्य–मधेश’ पनि अस्वीकृत भएको थियो ।

यसभन्दा अगाडी नेकपा सांसद रामकुमार यादव र कांग्रेस सांसद नरेश कुमार यादवले पेश गरेको प्रदेशको नाम अस्वीकृत भएपछि कांग्रेसकै अर्का सांसद साहले पेश गरेको नाम पनि अस्वीकृत भएको छ । ‘मध्य–मधेश’ जम्मा ४२ मत खसेसँगै अस्वीकृत भएको हो ।

अब सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी ९राजपा० पेश गरेको नाम ‘मधेश’ मा मतदान हुँदैछ । यसका लागि समाजवादी पार्टी नेपालका प्रमुख सचेतक शैलेन्द्र कुमार यादवले प्रदेशसभामा पेश गरेका थिए ।

प्रदेश नाम स्वीकृत गर्न ७२ मतको आवश्यक पर्छ । तर, अहिलेसम्म भएको मतदानमा ७२ मत खस्न सकेको छैन ।

प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका थिए ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टीको ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३२, अर्को प्रतिपक्षी नेपाली कांग्रेसको १९ र संघीय समावादीको एक सिट छ ।

प्रतिक्रिया दिनुहोस्