कसैको घरमा भात पाकेन भने मलाई फोन गर्नुस् : डीआईजी पोखरेल



काठमाडौं : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कसैको घरमा भात पाकेन भने आफूलाई फोन गर्न आग्रह गरेका छन् ।

मंगलबार ‘संवाद चौतारी’ मा आयोजिक पत्रकार सम्मेलनमा डीआईजी पोखरेलले ग्यास अभावमा कसैको घरमा खाना नपाक्ने स्थिती आएमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले पत्रकार सम्मेलनमा बोल्दै कोही बिरामी पर्दैमा कोरोनाको संक्रमण भएको शंकाउपशंका नगर्न समेत आग्रह गरे ।

यसैगरी, उनले कोरोनाभाइरसको संक्रमणको विरुद्धमा लड्न सबै जिम्मेवार निकाय लागि पर्नुपर्ने र सबै सचेत र गम्भीर हुनुपर्ने समेत बताएका छन् । साथै, उनले संक्रमणको समयमा नेपाल प्रहरीले जुनसुकै जोखिम उठाएर पनि जनताको सहयोगमा उत्रिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्