यी दुई अनौठा ग्रह जहाँ हुन्छ हिराको वर्षा



एजेन्सी : धर्तीमा मानिसहरुलाई थाहा छ हिराको मुल्य कति पर्छ । कतिपय मानिसहरुको जीवन त एउटा हिरा किन्नमा नै जीवन सकिन्छ ।

यस्तैमा कसैले तपाईलाई सौर्यमण्डलका दुई ग्रह छन् जहाँ हिराको वर्षा हुन्छ भन्दा के गर्नुुहन्छ ? हाम्रो सौर्य प्रणालीमा दुई यस्ता ग्रहहरु रहेका छन् जहाँ हिराको वर्षा हुन्छ । ती ग्रहहरु वरुण (नेप्टुन) र अरुण (युरेनस) ।

वैज्ञानिकहरुले दाबी गर्दै भनेका छन्,‘ अरुण र वरुण ग्रहमा बहुमुल्य रत्न हिराहरुको वर्षात् भइरहेको छ । यो पछिल्ला केही दिनहरुमा भइरहेको घटना हो ।’ वैज्ञानिकहरुका अनुसार यी दुई ग्रहको भित्री भागमा एट्मास्फियरिक प्रेशर धेरै नै हुन्छ जसका कारण हाइड्रोजन र कार्बन बण्ड टुट्न जान्छ ।

यही कारण यी ग्रहहरुमा हिराको वर्षात् भइरहेको छ । विशेषज्ञका अनुसार पछिल्ला हजार वर्षसम्म हिरा विस्तारै विस्तारै प्लेनेट्सको हिउ सतहमा जम्मा भएर रहेको थियो ।

यी ग्रहहरुको संरचना पृथ्वीभन्दा धेरै फरक रहेको छ । यो ग्रहमा हाइड्रोजन र हिलियम ग्याँसको दबदबा रहेको छ । वैज्ञानिकहरुका अनुसार यो ग्रहको भित्री भागमा लगभग ६२०० मील भित्र अत्याधिक दबाब हुनेगर्छ । यही कारण यो ग्रहमा हिराको वर्षात् हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्