२ साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली जान नपाउने



काठमाडाैं : मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधवारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ सम्म लागू हुने जनाएको छ ।

मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्