बढ्यो सुनको मूल्य



काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्