चर्चमा बम विस्फोट, २७ काे मृत्यु



मनिला : फिलिपिन्सको एउटा चर्चमा आइतबार दुईवटा बम विस्फोट हुँदा २७ जनाकाे मृत्यु भएकाे छ । दक्षिणी फिलिपिन्सको रोमन क्याथोलिक क्याथेड्रलमा भएको विस्फोटमा परी दर्जनौं घाइते भएका छन् ।

 

जोलो प्रायदिपमा रहेको सो चर्चमा भक्तजन रहेका बेला पहिलो विस्फोट भएको थियो । उक्त क्षेत्रमा मुश्लिम कट्टरपन्थीको वर्चश्व रहेको मानिन्छ । अर्को बम भने कार पार्क गरिएको स्थानमा गराइएको थियो । यो समाचार तयार पार्दासम्म कुनै पनि समूहले विस्फोटको जिम्मेवारी भने लिएको छैन । 

 

स्थानीय अधिकारीहरुका अनुसार पहिलो विस्फोट स्थानीय समयअनुसार आइतबार बिहान ८ः४५ बजे भएको थियो । अधिकांश पीडित सर्वसाधारण रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्