प्रहरी दिवसको अवसरमा प्रभातफेरी 



जनकपुरधाम :  ६३ औं प्रहरी दिवसको अवसरमा पूर्व सन्ध्यामा बुधबार प्रदेश २ प्रहरी कार्यालयले प्रभातफेरी निकालेकाे छ ।

प्रदेश प्रहरी कार्यालय प्रदेश २ को आयोजनामा निकालिएको प्रभातफेरी संघीय प्रहरी कार्यालय विद्यापति चाेकबाट प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश अमात्यको नेतृत्वमा झन्डै एक हजारको संख्यामा प्रहरीले प्रभातफेरी निकालेकाे हाे ।

कार्यक्रममा जनपथ प्रहरी, ट्राफिक प्रहरी, दंगा प्रहरी, प्रहरी कार्यदल, सञ्चार प्रहरी लगायतका प्रहरी समूहले ब्याण्ड बाजासहित बजार परिक्रम गरेका छन् । 

 

प्रहरी दिवसको पूर्व सन्ध्यामा निस्केको प्रभातफेरी जनकपुरधामको प्रमुख मार्ग जनक चाेक, राम चाेक, भानु चाेक, जिल्ला प्रहरी कार्यालय हुँदै पुनः संघीय प्रहरी कार्यालय पुगेर समापन भएको हो ।

 

प्रभातफेरीमा प्रदेश २ प्रहरी प्रमुख डिआईजी दिनेश अमात्य, एसएसपी शेखर कोइराला, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थपलिया सहितका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

आयोजक प्रदेश प्रहरी कार्यालयले भोली (बिहीबार) ६३ औं प्रहरी दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्ने भएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्