दोलखाका २५ जना बेपत्ताको सूचीमा



दोलखा : दोलखा जिल्लाका २५ जना तत्कालीन सशस्त्र द्वन्द्वको बेपत्ता सूचीमा परेका छन् । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिहरुको सार्वजनिक भएको सूचीअनुसार दोलखा जिल्लाका २५ जना बेपत्ता सूचीमा परेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सोमबार सार्वजनिक गरेको दुईहजार पाँचसय ६ जनामध्ये दोलखाका २५ जना परेका हुन् । आयोगले सार्वजनिक गरेको पूर्ण र आंशिक रुपमा बेपत्ता पारिएका व्यक्तिहरुको सूचीमा दोलखाका २५ जना परेका हुन् ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए । सूचीमा सबैभन्दा बढी बेपत्ताको उजुरी बर्दियाबाट २ सय ५४ जनाको परेको छ ।

सूची सार्वजनिक गर्दै आयोगले बेपत्ता पारिएका व्यक्तिबारे केही सूचना भए आयोगको कार्यालय ललितपूरको पुल्चोकमा वा टोल फ्री नम्बर १६६०–०१–२२१११ फोन गरेर जानकारी दिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्