चीनले फेरी विशेषज्ञ टोली इटाली पठायो



काठमाडौं : चीनले कोरोनाभाइरसबाट प्रभावित देश इटालीमा विशेषज्ञको टिम पठाएको छ । कोरोनाभाइरसविरुद्ध लडिरहेको चीनपछिको इटालीलाई सहयोग गर्न चीनले हिजो (मंगलबार) चिनियाँ चिकित्सा विशेषज्ञको टिम पठाएको हो ।

उपचार तथा रोकथाममा सहयोग पुर्याउन झेन्जियाङ प्रान्तका १२ विशेषज्ञसहितको मेडिकल समूहले ३० रेस्पिरेटर, दुई लाख मास्क र नौ टन मेडिकल सामग्री लिएर इटाली गएको छ ।
इटाली पुगेपछि उक्त समूहले स्थानीय अस्पताल र विशेषज्ञसँग कोरोनाभाइरसविरुद्धको रोकथाम र नियन्त्रणका लागि चीनमा गरेका प्रयासबारे अनुभव प्रदान गर्ने र उपचारका लागि मार्गनिर्देशन दिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

यसभन्दा अगाडि पनि चीनले इटालीमा विशेषज्ञसहितको टिम पठाएको थियो ।

इटालीमा अहिलेसम्म यहाँ २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ र संक्रमितको संख्या ३१ हजार ४ सय ६ पुगेको छ । फेब्रुअरी १२ देखि इटालीमा भाइरसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्