विश्व मानसिक स्वास्थ्य दिवस २०१८ काे अवसरमा जनकपुरमा म्याराथन



 

 जनकपुरधाम । विश्व मानसिक स्वास्थ्य दिवसकाे २०१८ को अवसरमा बुधबार जनकपुरधाममा ५ किमीको म्याराथन प्रतियाेगिता अायाेजना गरिएकाे छ । पछिल्लाे समय समाजमा मानसिक रोगीहरुको संख्यामा वृद्धि भइरहेका बेला जनचेतना दिन म्याराथन प्रतियाेगिता गरिएकाे रिलिफ नेपालले जनाएकाे छ । 

कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साहले यो म्याराथन प्रतियोगिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेकाे भन्दै अायाेजकलार्इ धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । 

रिलिफ नेपालद्वारा आयोजित म्याराथन कार्यक्रममा मनोचिकित्सक डाक्टर शिरीष उपाध्यायले दौडमा सहभागीहरुलाई सम्बोधन गर्दै समाजमा रहेका मानसिक रोगीलाई हेर्ने दृष्टिकाेण परिवर्तन गर्नुपर्ने बताएका छन् । 

डा उपाध्यायले मानसिक राेगीलार्इ माया गर्न र समयमै उपचारका लागि पहल गर्न सबैमा अनुराेध गरे । 

जनकपुरधामको जीरोमाइलबाट सुरु भएको उक्त दौडमा झन्डै एकसयको संख्यामा धावकहरु सहभागी भएको आयोजक संस्था रिलीफ नेपालका सुमित जालानले बताए ।

५ किलोमीटरको म्यारथन (दौड) मा महिला तर्फ प्रथम लक्ष्मी चौधरी, दोश्रो रेखा साह र तेस्रो रितु झा भइन । त्यस्तै पुरुष तर्फ जर्षी जितेन्द्र यादव प्रथम, शुशील त्याटे दोश्रो र सरोज चौधरी तेस्रो भए । 

बिजयी सबैलार्इ प्रमुख अतिथि जनकपुरधाम उपमहागरपालिकाका मेयर लालकिशोर साहले मेडल र प्रदान पत्र प्रदान गरेका थिए । जनकपुरको जीरोमाइलबाट सुरु भएको म्याराथन जनकपुरको  मुजेलियामा गएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्