सार्वजनिक सवारीलाई ‘डिस्इन्फेक्सन’ गर्ने



काठमाडौं : सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्न सरकारले निर्णय गरेको छ ।

यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै स्यानिटाइजर छर्केर संक्रमणमुक्त गर्ने भनिएको छ । सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार नगर्न र नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

सर्वसाधारण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने र त्यसको अनुगन प्रहरीमार्फत गर्ने निर्णयमेत गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि समय–समयमा ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको हो ।

तापक्रम मापन गर्ने उपकरण र सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्न लागाउने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्