नेकपा सचिवालय बैठक : कोरोना भाईरस संक्रमणको रोकथामका लागि प्रभावकारी काम गर्न सरकारलाई आग्रह



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाईरस संक्रमणको रोकथाम तथा सचेतनाका लागि प्रभावकारी काम गर्न सरकारलाई आग्रह गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिएर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोनो संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णयप्रति धन्यावाद व्यक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सफल मिर्गाैला प्रत्यारोपणका लागि बधाई दिदै बैठकले चिकित्सक र मिर्गाैला दातालाई धन्यवाद व्यक्त गरेको व्यक्त गरेको छ ।

नेकपा सचिवालय बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारेमा केही निर्णय भएन । कार्यदलले नेकपा अध्यक्षद्धय ओली र पुष्पकलम दाहाललाई ९ फागुनमै प्रतिवेदन बुझाए पनि सो बारेमा बैठकमा छलफल भएन् ।

नेकपाले एमसीसी बारेमा निर्णय गर्न नसक्दा अन्योल बढदै गईरहेको छ । कार्यदलले प्रतिबेदन बुझाएको एक महिना पुग्नै लाग्दा समेत नेकपा सचिवालयले एमसीसी बारेमा निर्णय नगर्नुले थप अन्योल बढदै गएको छ । यसैगरी बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउँने लगायतका बिषयमा छलफल भएन ।

प्रतिक्रिया दिनुहोस्