भवनमा जिसस, ढोकामा जिविस !


भद्रपुर : स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचत भएर आएको दुई वर्ष सात महिना बित्दासमेत जिल्ला समन्वय समिति (जिसस)झापाको मूल ढोकामा नाम परिवर्तन भएको छैन ।

सदरमुकामको जिल्ला प्रशासनलगायत दर्जन बढी सरकारी कार्यालयको प्रवेशद्वारमै रहेको जिससको मूलद्वारमा जिल्ला विकास समिति (जिविस) नै लेखिएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिविसको नाम फेरिएको हो । निर्वाचित जनप्रतिनिधि भएर विसं २०७४ साउन ३२ गते आएलगत्तै भवनमा ‘जिल्ला समन्वय समिति प्रदेश नं १ को कार्यालय झापा’ भनेर लेखिएता पनि प्रवेशद्वारको ढोकामा जिविस नै रहेको हो ।

सडक विस्तारसँगै ढोका र कम्पाउड वाल सार्नुपर्ने, भवनसमेत जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने भएको बताउँदै उपसचिव नहुँदा समस्या भएको जिससका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । “जिससमा उपसचिवको दरबन्दी छ”, उनले भने, “लामो समय बित्दासमेत पदपूर्ति हुन सकेको छैन । जसका कारण मर्मतसम्भारको ठेक्का प्रक्रिया अगाडि बढाउन नसक्दा ढोकाको नामसमेत परिवर्तन गर्न सकिएको छैन ।”

उनका अनुसार सार्वजनिक खरिद ऐनअन्तर्गत मर्मतसम्भार ठेक्का लगाउनका लागि उपसचिवले हस्ताक्षर गरेर सूचना प्रकाशन गरी प्रक्रिया अगाडि बनाउनुपर्ने हुन्छ । पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत रिक्त रहेको पदपूर्ति नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

प्रमुख पोर्तेलले भने, “पुरानो ढोका भत्काउनु नै परेछ पछि नयाँ बनाएर नाम परिवर्तन गर्न खोजिएको हो”, “उपसचिव आउने बित्तिकै प्रक्रिया अगाडि बढाएर काम गर्छौं ।” रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– लकडाउनको मौका छोपी रातको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका बिभिन्न स्थानमा

काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणीका विज्ञापनको अन्तर्वार्ताको सूचना सार्वजनिक गरेको छ। आयोगको

काठमाडौं : आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही

काठमाडौं : नेपालका ८२ जनामा डेंगुको संक्रमण भएको छ। पुस महीनायता ८२ जनामा डेंगु संक्रमण

जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ८२ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण विश्वयति बेला त्रसित छ । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ८५ हजार ६ सय ६० जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालमा अहिलेसम्म २ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

वीरगन्ज– भारतले आफनै देशको नागरिकलाई प्रवेशमा कडाई गरेपछि वीरगन्जको अलौंस्थित एकिकृत चेकजाँच चौकी (आईसीपि) मा

जनकपुरधाम– जनकपुरबाट हातहतियार सहित एक युवक पक्राउ परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ स्थित रामलोचन

जनकपुरधामः समग्र विश्व अहिले कोरोना भाईरस महामारीको चपेटामा परेको छ । समाचार तयार पार्दासम्म विश्वका

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि सामग्रीको ढुवानी र बिक्रीवितरण नरोक्न आग्रह गरेको