के थियो रेखा र सञ्जयको सम्बन्ध ? खुल्यो यस्तो राज



एजेन्सी : कुनै समय बलिउडमा आफ्नो सुन्दरताका कारण निकै चर्चामा रहेकी अभिनेत्री हुन् रेखा । उनीबारे धेरै यस्ता रहस्यहरु रहेका छन् जुन अझै पनि खुल्न सकेका छैनन् । उनी कसको नामको सिन्दुर लगाइरहेकी छिन् रु उनको पुर्व पति मुकेश अग्रवालको धेरै समय अघि नै मृत्यु भएको थियो ।

यस पश्चात उनले कहिल्यै पनि अर्को विवाह गरिनन् । तर, एकपटक नयाँ रहस्यका कारण रेखा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी छिन् । मिडिया रिर्पोटका अनुसार यासिर ओसमानको किताबमा रेखा र संजय दत्तको सम्बन्धबारे ठुलो खुलासा भएको छ । यसले बलिउडमा हंगामा मच्चाएको छ ।

यासिरको किताब,‘रेखा द अनटोल्ड स्टोरी’ का अनुसार सन् १९८४ मा आएको फिल्म ‘जमीन आसमान’ को सुटिङको क्रममा रेखा र संजय प्रेममा परेका थिए । उनीहरु त्यस फिल्म पश्चात निकै नजिकिएका थिए । उनीहरु मायामा यति पागल थिए कि लुकेर विवाह पनि गरेका थिए । जसको खबर आजसम्म कसैलाई पनि थाहा छैन ।

संजयबाहेक रेखाको सम्बन्ध सदैव अमिताभ बच्चनसँग जोडिने गर्छ । जब अमिताभको जीवनमा जया आइन् त्यसपछि रेखा एकदमै एक्लिएकी थिइन् । त्यस पश्चात उनी संजय दत्तको नजिक हुन पुगेकी थिइन् । ‘यो स्टोरी वेवमिडियामा उपलब्ध रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्