सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु



काठमाडौं : पाँचथर,फिदिम नगरपालिका–११ तितृयास्थित सडकबाट मे.१ ज ३०६८ नम्बरको गाडी अनियन्त्रित भई बुधबार दिउँसो सडकबाटकरिब ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडी चालक फिदिम नगरपालिका–१३बस्ने ३५ वर्षीय बल बहादुर राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ५ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन भने १ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका–१ तुल्सिनगरस्थित सडकमा ना।२ ख ७४८३ नम्बरको ट्रकमा लु.१४ प २२३५ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी सरावल गाउँपालिका–१ बस्ने ४१ वर्षीय ईश्वर बहादुर कार्की क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी (पश्चिम), सरावल गाउँपालिका–१ बासाचोकलु–१ च ९६२२ नम्बरको कार र लु.३५ प ३१२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक गुल्मी बिष्णुखर्क–१ घर भई हाल नवलपरासी बर्दघाट नगरपालिका–४ बस्ने ५३ वर्षीय रत्न बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कारमा सवार नवलपरासी सुनवल नगरपालिका–१ बस्ने १९ वर्षीय लोक प्रसाद कानुको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ । फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्