मुख्यमन्त्री भट्टले गरे गौरीफण्टा नाकाको निरिक्षण



धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको गौरीफण्टा नाकाको निरिक्षण गरेका छन् । चाडपर्व शुरु भएसँगै दशै मनाउन घर फर्कने बेला नेपालीले सिमा नाकामा वर्षेनी व्यवहोर्नु परेको सास्तीका बारेमा मुख्यमन्त्री भट्टले जानकारी लिएका हुन् ।

 

याे सिजनमा धनगढीको गौरीफण्टा नाकाबाट मात्रै दैनिक हजारौं नेपाली दशैं मनाउन भारतबाट घर आउने गरेका छन् । भारतमा दु:ख कष्ट गरि कमाएर ल्याएको केहि रकम सिमानामा लुटिने क्रम यो वर्ष भने केही कमी भएको छ । नाकाको निरीक्षणपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलेका वर्षभन्दा यस वर्ष सिमा नाकामा नेपालीलाई केही सहज भएको बताए ।

उनले धनगढीसँगै प्रदेशको अर्को नाका गड्डाचौकी र टीकापुरमा पनि सहज भएको जानकारी दिए । सिमानाको अनुगमनमा कैलालीका प्रमुख जिल्ला अधिकारी, बाबुराम श्रेष्ठ, प्रहरी प्रमुख विनोद घिमरे र शसस्त्र प्रहरीका डिएसपी विष्णु प्रसाद भट्टको पनि सहभागिता थियो ।

   

 

प्रतिक्रिया दिनुहोस्