नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको निर्वाचन आगामी वर्षको जेठ महिनासम्मको लागि स्थगित गरिएको हो ।

निर्वाचन यही चैत २८ र २९ गतेका लागि तोकिएको थियो ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि आज (बिहीबार) बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघको अर्को निर्वाचन आगामी वर्षको जेठ ७ र ८ गतेलाई तोकिएको महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्