नेप्सेमा दोहोरो अंकको सुधार



काठमाडौं : आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेप्सेका अनुसार १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत २.०३ ले बढेर २७३.८२ मा पुगेको छ । नेप्से उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर २ अर्बको हाराहारीमा पुगेको छ ।

कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर रु एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये ५ उपसमूहको शेयर घटेको छ भने ७ उपसमूहको शेयर बढेको छ ।

बैंकिङ १३ं६५, जलविद्युत् ९.१६, निर्जीवन बीमा ७७.३२, अन्य ५.६५, लघुवित्त २०.५९, जीवन बीमा १४०.५ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । यस्तै, व्यापार १.३६, होटल ४.८१, विकास बैंक ३.२७, वित्त ६.५४ र उत्पादन २.२ ले बढेको छ । कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको कूल ३१ करोड ३३ लाख ५ हजार ४८७ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ११ करोड ३१ लाख ७७ हजार ९३८, एनआइसि एशिया बैंक ९ करोड ६५ लाख ४२ हजार ५६३, एनएमबी बैंक ७ करोड १८ लाख ५७ हजार २९९, नेपाल बैंक लिमिटेड करोड ९२ लाख ५२ हजार ८०३ र प्रभु बैंकको ४ करोड ८४ लाख ३१ हजार ५३० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यस्तै, राधी विद्युत् कम्पनी ९.५५, एनसिसी बैंक ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.०६, माउण्टेन हाइड्रो ६.०२ र उनआबिएल एक समृद्धि फण्डका लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए ।

यस्तै, सेन्ट्रल फाइनान्स ९.५२, सप्तकोशी डेभलपमेन्ट बैंक ८.०६, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.५३, नेपाल हाइड्रो ६.४, मन्जुश्री फाइनान्स ६.१७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५.६२ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्