‘बिआरआईसँगै चीनले विश्वभर कोरोना भाइरस फैलायो’



काठमाडौं : चीनको परियोजना ‘बेल्ट एण्ड रोड इनिएसिटिभ’ अर्थात बिआरआईको नाम फेर्न विश्वभरबाट सुझाव आइरहेको छ । चीनले बिआरआईसँगसँगै विश्वभर कोरोना भाइरस पनि फैलाएको भन्दै विश्वव्यापी रुपमा उसको विरोध सुरु भएको छ ।

विरोध स्वरुप विश्वभरको ट्विटर प्रयोगकर्ताहरुले चीनलाई बिआरआईको नाम फेरेर ‘वान बेल्ट, वान रोड, वान भाइरस’ राख्न सुझाव दिइरहेका छन् ।

सामाजिक सञ्जालमा ‘वान बेल्ट, वान रोड, वान भाइरस’ ट्रेन्डिङमा आएको छ ।

खासगरी चिनियाँ परियोजना भित्र्याएको युरोपेली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षति पुर्याइरहेको बीआरआइसँगै ‘वान बेल्ट, वान रोड, वान भाइरस’ जोडिएको हो ।

चीनले कोरोना महामारीको समाप्तिको घोषणा गरेपनि उसको घोषणामाथि भरोषा गर्न सकिने आधारहरु छैन ।

यस्तो अवस्थामा चीनले बिआरआई परियोजना जारी राखे चिनियाँ उपकरण र कामदारमार्फत कोरोना विश्वभरी झन् झन् कोरोनाको चपेटामा फस्दै जाने निश्चित छ ।

संयुक्त राष्ट्रसंघ, बीस मुलुक समूह, एपेक र अन्य संघसंस्थाका दस्तावेजहरूमा भित्री अवधारणाका रूपमा बिआरआई प्रवेश गरिसकेको छ ।

बिआरआईले आफ्नो मार्गदर्शनमा विशेषगरी सम्बन्धित मुलुकको सार्वभौमिकता तथा सुरक्षा चासोको सम्मान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।

रेल, सडक, सामुद्रिक तथा हवाई मार्ग, पाइपलाइन, सूचना सञ्जालजस्ता जटिल पूर्वाधार सञ्जाललगायत सबै क्षेत्र र बहुतहमा यसले काम गर्ने चीनको भनाइ रहँदै आएको छ ।

के हो बिआरआई ?
‘बेल्ट एण्ड रोड इनिएसिटिभ’ अर्थात बिआरआई भनेको बिगतको रेशम मार्गको आधुनिक नाम हो भन्दा फरक नपर्ला। पहिले चीनको राजधानी सियोल थियो, चीनको सामान ग्रिस सम्म पुग्थ्यो। त्यो बेला रेल वा सडक मार्ग भन्ने थिएन। त्यहि भएर बोक्नलाई सजिलो पनि हुने रेसमको ब्यापार धेरै हुन्थ्यो र त्यो ब्यापार हुने मार्गको नाम पनि रेशम मार्ग अर्थात सिल्क रोड हुन पुग्यो।

पछि सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले सेन्ट्रल एसिया कजाकिस्तानको भ्रमणको क्रममा सिल्क रोड अर्थात रेशम मार्गलाई पुनर्जीवन गरौँ भन्नुभयो। त्यसलाई केहिसमयसम्म धेरैले आ आफ्नो तरिकाले व्याख्या समेत गरे।

पहिले याक, घोडा, उँटमा सामान लादेर ब्यापार गरिन्थ्यो अब यसलाई रेल मार्गले जोड्नुपर्छ भनेर सी जिनपिङद्वारा व्यक्त भएको बिचारधारा नै बिआरआई हो । तसर्थ पहिलेको सिल्क रोडको आधुनिक सोचनै बिआरआई हो।

प्रतिक्रिया दिनुहोस्