एकै पटक धेरै काम गर्नु खतरनाक



काठमाडौं : स्वयंमलाई विशेष साबित गर्ने चक्करमा मानिसहरु लगातार तनावको सिकार भैरहेको हुन्छन् ।

आजको कामकाजी मानिसहरूको स्ट्रेस लेबल लगातार बढ्दै गएको पाइन्छ । उनीहरूमाथि एकातिर डेटलाइनमा काम सम्पन्न गर्नुपर्ने दबाब छ भने अर्कोतिर घरपरिवार एवं छोराछोरीको जिम्मेवारी, लगातार बढ्दो तनाव मानसिक एवं शारीरिक स्वास्थ्यका लागि राम्रो हुँदैन ।
विशेषज्ञका अनुसार तनावका कारण महिनावारी नियमित हुँदैन, प्रजनन् क्षमता कम हुन्छ । तनावका कारण रोगप्रतिरोधक क्षमता पनि कमजोर हुने गर्छ ।

तनावको प्रभाव
मनोवैज्ञानिकहरूका अनुसार तनावले शरीरमा फिल गुड हार्मोनको मात्रा कम गर्छ । कतिपयलाई साइकोलोजिकल हेडेक तथा ढाड दुख्ने समस्या हुन्छ । कोही एक्लोपनको सिकार हुनपुग्छन् भने कोही सदैव दु : खी हुन्छन् ।

महिलाहरू आफ्ना हाकिम, श्रीमान, बालबालिका र सासू–ससुराको माग पूरा गर्नमा यति धेरै व्यस्त हुन्छन् कि स्वयंका लागि समय प्राप्त हुँदैन । घर–अफिसको दोहोरो जिम्मेवारी निर्वाह गर्न यिनीहरू धेरै काम एकै पटक गर्ने प्रयास गर्छन् भने स्वयंको स्वास्थ्य एवं आवश्यकतालाई बेवास्ता गर्छन् ।

तनावको लक्षणहरु
चिडचिडापन, ध्यान केन्द्रित गर्नमा समस्या, कुराहरू बिर्सनु, थकान, शरीरमा पीडा, श्वास-प्रश्वासमा समस्या, धड्कन बढ्नु, एसीडीटी, वजन बढ्नु, हाई ब्लड प्रेसर, मुटु रोग, धेरै काम एकै पटक गर्नुका अन्य बेफाइदा कामको गति कम हुन्छ ।

एक साथ धेरै काम गरेर समय बचाउने कुरा सोच्नु गलत हुन्छ । एउटा शोधअनुसार एक साथ धेरै काम गर्दा कुनै एउटा काममा केन्द्रित हुन सकिंँदैन । हरेक काम सम्पन्न गर्न बढी समय लाग्नुका साथै काम पनि राम्रोसँग नहुन सक्छ । एउटा काम सम्पन्न गरी अर्को काम थाल्दा काम गर्ने गति बढ्नुका साथै प्रभावकारी नतिजा पनि प्राप्त हुन्छ ।

स्मरणशक्ति कमजोर हुन्छ : युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्कोको एउटा रिसर्चका अनुसार एक समयमा एकभन्दा बढी काम गर्नाले स्मरणशक्तिमा प्रभाव पर्छ र हामी काम–कुरा भुल्न थाल्छौं । यति मात्र होइन उमेर बढेसँगै स्मरणशक्तिसित जोडिएको बिरामीको खतरा बढ्न जान्छ ।

गल्ती बढ्छ : फ्रान्समा भएको एउटा अध्ययनअनुसार एकैपटक धेरै काम गर्ने मानिसहरूले अनेकौं गल्ती गर्छन्, कारण उनीहरूको ध्यान थुप्रै काममा बाँडिन्छ ।

सम्बन्धका लागि ठीक नहुनसक्छ : युनिभर्सिटीको अफ एसेक्समा गरिएको एक शोधअनुसार जसले एकसाथ धेरै काम गर्छन् । उनीहरूले आत्मीय सम्बन्धमा पनि ध्यान दिन सक्दैनन् । त्यस्ता मानिसहरूको वैवाहिक जीवन सुखमय हुँदैन ।

तौल बढ्छ : टेलिभिजन हेर्दै खाइन्छ वा खाँदै कम्प्युटरमा काम गरिन्छ भने तौल बढ्न सक्छ ।
सिर्जनशीलता समाप्त हुन्छ । सिकागोको इलिनोइस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार धेरै काम एकै पटक गर्न खोज्दा व्यक्तिको रचनात्मकता कम हुन्छ । मस्तिष्कमा एक साथ धेरै काम गर्ने दबाब परेपछि सिर्जनात्मक काम गर्न समस्या उत्पन्न हुन्छ ।

क्यालिफोर्निया युनिभर्सिटीको एक अध्यययन अनुसार एक साथ धेरै काम गर्दा मुटुको धड्कनको गति तीव्र हुन्छ र तनाव बढ्छ । केही विज्ञहरूका अनुसार धेरै काम एकै पटक गर्नुभन्दा समय व्यवस्थापन हरेक कामलाई एक निश्चित समयमा सम्पन्न गर्ने योजनाका साथ काम गर्नु उपयुक्त हुन्छ ।

एकै पटकमा धेरै काम गर्ने चक्करमा कुनै पनि काम समयमा ठीक ढंगबाट सम्पन्न गर्न नपाउनाले तनाव बढ्छ । त्यसकारण कामलाई एउटा निश्चित समयमा पूरा गर्ने योजना बनाउनु राम्रो हुन्छ । अध्ययन अनुसार ७५ प्रतिशत कामकाजी महिला मोटोपन, डिप्रेसन, लगातार पिठ्युँको पीडा, मधुमेह, हाइपर टेन्सन, हाई कोलेस्ट्रोल, मुटु रोग तथा मिर्गौलासम्बन्धी समस्याका कारण हुने बिरामीको सिकार हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्