जापानको नारिता र दुवईमा नेपाल एयरलाइन्सको उडान स्थगित



काठमाडौं : नेपाल एयरलाइन्सले दुईवटा देशमा उडान स्थगित गरेको छ । नियमित उडान गर्दे आएको नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुबईमा उडान स्थगित गरेको हो ।

नेपाल एयरलाइन्सले चैत ७ गते मध्यरातदेखि लागू हुने गरी यी दुई गन्तब्यको उडान स्थगित गर्न लागको जानकारी दिएको छ ।

बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ ।

यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्