अभिषेकको भन्दा धेरै छ ऐश्वर्याको सम्पत्ति



एजेन्सी : अभिषेक बच्चन र ऐश्वर्या राय श्रीमान् श्रीमती हुन् । उनीहरु बलिउडका सिनेमाहरुमा अभिनय पनि गर्छन् ।

अभिनयबाहेक पनि उनीहरुको लगानी अन्य क्षेत्रमा रहेका छन् । तर, उनीहरुको आम्दानी व्यक्तिगत तवरले गरिन्छ ।

अभिषेकले ५ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छन् । यिनै अभिषेकसँग करिब ३० मिलियन डलर पनि छन् ।

उनी प्रो–कबड्डी लिग टिम जयपुर पिंक प्यान्थर्सका मालिक हुन् । यसका साथै, अभिषेक इन्डियन सुपरलीगको फुटबल टीम ‘चेन्नईन एफसी’ का पनि मालिक हुन् ।

त्यस्तै, ब्रान्ड इन्डोर्समेन्टबाट पनि उनको राम्रो आम्दानी हुने गर्छ । अभिषेकसँग थुप्रै ब्रान्डको विज्ञापन छ । अभिषेक एलजी, मोटोरोला, आइडिया मोबाइल र डियोकनजस्ता कम्पनीका ब्रान्ड एम्बेसेडर भइसकेको छन् । एक अनुमानका अनुसार अभिषेक विज्ञापनमार्फत वार्षीक एक करोडको कमाई गर्छन् ।

अभिषेक कारका सौखिन हुन् । उनीसँग भएका सबै कारको मूल्य करिब ६ करोड छ । अभिषेकसँग मुम्बईमा रियल इस्टेट प्रोपर्टी पनि छ जसलाई उनले सन् २०११ मा खरिद गरेका थिए । अभिषेकको यो घरको मूल्य करिब ४० करोड हो । अभिषेकले करिब १३२ करोड भारुको व्यक्तिगत लगानी पनि गरेका छन् ।

अभिषेक बच्चन अर्बौं सम्पत्तिका मालिक भएपनि ऐश्वर्याको तुलनामा उनी पछि नै छन् । नेटवर्दियरको रिपोर्ट अनुसार ऐश्वर्या करिब ३५ मिलियन डलरकी मालिक हुन् । ऐश्वर्या राय पनि फिल्मका साथै विज्ञापनमार्फत पनि मोटो रकम कमाउँछिन् । ऐश्वर्या एउटा विज्ञापनको ४–५ करोड लिन्छिन् । यसका साथै ऐश्वर्याको नीजि लगानी भारु १८२ करोडको आसपास छ । ऐश्वर्यासँग चार विलासी कार छन् जसको मूल्य ६.२ करोड पर्छ । यसबाहेक उनी विभिन्न कम्पनीकी सेयर होल्डर पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्