चीनको वुहानमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४ प्रतिशतको मृत्यु : अध्ययन


एजेन्सी : सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।

बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर सङ्क्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा सङ्क्रमित भएका थिए भने त्यसमध्ये १.४ प्रतिशतको मृत्युको कारण भाइरससङ्क्रमण रहेको छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापीरूपमा सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भएको बताइएको थियो । यसबारे विज्ञहरूले कोरोना सङ्क्रमणको परीक्षण गर्ने सिमित क्षमताका कारण सङ्ख्या बढी देखिएको भएपनि वास्तविक मृत्युदर उल्लेख्यरूपमा कम रहेको दावी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्याङ्क स्रोतहरूलाई समीक्षा गरेको र त्यसबाट वास्तविक मृत्यु दर आएको उल्लेख गरेका छन् ।

स्रोतहरूमा पुष्टि भएका विरामीहरूको वुहानबाट प्रकाशित तथ्याङ्क, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र सङ्क्रमितको सुरूवाती तथ्याङ्क र मृत्युलगायत आठथरी विवरण रहेका छन् ।

अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्याङ्क समावेश भएको र त्यतिवेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३९४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति