काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं : काठमाडौँमा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

 चीनको तिब्बत केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्