कोरोनाको प्रकोप : १० मिलियन फिफाको सहयोग



काठमाडौं : कोरोना भाईरसविरुद्ध लड्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० मिलियन डलर आर्थिक सहयोग गरेको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले १० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।

बिहिबार कोरोनाविरुद्ध लड्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई १० मिलियन सहयोग गर्ने घोषणा गर्दै कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूलाई सहयोग पुर्‍याउन विश्वव्यापी फुटबल सहयोग कोष स्थापना गर्ने समेत उनले बताए।

यस्तै फिफाले युरोकप फुटबल र कोपा अमेरिका फुटबल स्थगित गर्ने निर्णयलाई समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्