विदेशको कमाइले स्वदेशमा कागती खेती


नारायणपुर : तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गरेका छन । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गरेका हुन । वार्षिक रु ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गर्नुभएका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिनुभयो । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उहाँका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउछन । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपरेको उनले बताए ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याउनुभएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउछन । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उनले बताए । रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गरेका हुन । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गरेका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेको बताए ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उनले बताए । “नेपाली बजारमा सधैँ प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ”, खड्काले भने । बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गरेका छन । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पालेका छन ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उनले बताए । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भने । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक