म्याग्दीमा जीप दुर्घटना : गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल लगिदैँ



म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाममा आज (शुक्रबार) बिहान जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दग्नामबाट बेनीतर्फ आउँदै गरेको ग२च ५९८८ नम्बरको बोलेरो जीप अचानक दुर्घटना हुँदा जीपमा सवार ९ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जीप सडकदेखि १० मिटर तल खसेर दुर्घटना भएको हो । जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दग्नामका ४१ वर्षीया भदेवी गर्बुजा र ९ वर्षीया मिन्जा पुनलाई बेनी अस्पतालमा सामान्य उपचारपछि एअर डाइनेष्टिकको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरुमा दग्नामका ३० वर्षीय हमाया पुन, ७ वर्षीय बालक युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीया वर्षा शेरपुन्जा, १२ वर्षीया तामिना शेरपुन्जा र ५ वषीय असिम गर्बुजा रहेका छन् ।
घाइते सबैको अहिले बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात, आँखा र शरीरका विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक कुँवरले जीपका चालक पूर्णबहादुर शेरपुन्जा प्रहरी नियन्त्रणमा लिइ दुर्घटनाबारे अनुसन्धान भइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्