भ्यालेन्टाइन्स ‘डे’ को दिन ‘बहिनी दिवस’ मनाउने



एजेन्सी : फेबररी १४ का दिन प्रणय दिवस अर्थात्‘भ्यालेन्टाइन्स डे’मनाइन्छ । तर, पाकिस्तानको एक विश्वविद्यालयले चाहीँ यस दिन प्रणय दिवसको साटो ‘बहिनी दिवस’ मनाउने घोषणा गरेको छ । इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै हरेक वर्ष फेब्रुअरी १४ मा‘सिस्टर्स डे’मनाउने फैसला गरेको छ ।

फैसलावादमा रहेको कृषि विश्वविद्यालयले यस्तो निर्णय गरेको विश्वविद्यालयका उप कुलपतिले जनाएका छन् । विश्वविद्यालयले ‘बहिनी दिवस’को दिन छात्राहरुलाई स्कार्फ र कपडाहरु उपहारको रुपमा दिन सकिने नियम पनि तय गरेको छ ।

विश्वविद्यालयकाअनुसार यस्तो दिवस मनाउनु पाकिस्तानको हित तथा इस्लाम कानून मुताविक रहेको छ । तर, विश्वविद्यालयले घोषणा गरेको बहिनी दिवस कतिको सफल होला यो एउटा ठूलै प्रश्न छ । 

सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन्स डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र होइन यस सम्बन्धी समाचार तथा सामाग्रीहरु प्रकाशन प्रशारण समेत नगर्न सञ्चार माध्यमहरुलाई अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्