मेस्सी र रोनाल्डोलाई पछि पार्दै एमबाप्पे बने मुल्यवान खेलाडी



काठमाडौं : पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका छन् ।

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मेस्सी र रोनाल्डोलाई पछि पार्दै मुल्यवान खेलाडी बनेका हुन् ।

विश्वकप विजेता एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ । उनले म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङलाई पछि पारेका छन् । दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ ।

पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् । नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ ।

यस्तै टोटनहमका ह्यारी केन छैटौं र सिटीका केभिन डी ब्रुएन सातौं स्थानमा रहेका छन् । उनीहरुको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी १ सय ३२ मिलियन पाउण्ड मूल्यसहित आठौं स्थानमा रहेका छन् ।

युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्