कोरोना नियन्त्रणका लागि चीनको साथ खोज्दै सरकार



काठमाडौं : नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा कोरोनाको संक्रमण फैलिइरहँदा नेपाली जनता पनि यति बेला त्रासमा छन् । सरकारले कोरोनाभाइरस नियन्त्रण र रोकथाका लागि सक्दो प्रयास गरिरहेको छ । यसैबीच सरकारले चीनसँग सहयोग माग्ने भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९)को सम्भावित जोखिमविरुद्ध सरकारले चीनसँग सहयोग माग्ने भएको हो । सरकारले चीनसँग मेडिकल एम्बुलेन्सदेखि मास्कसम्मको माग्ने सूची बनाएर सरकारले पठाउँदै छ ।

स्वास्थ्य मन्त्रालयले तयार गरेर परराष्ट्र मन्त्रालयमा पठाएको सूचीमा स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र एन ९५ मास्क २०–२० हजार थान मागिएको हो ।

त्यस्तै, पोर्टेबल भेन्टिलेटर सय र मोनिटर दुई हजार थान माग गरेको हो । एबिजी मेसिन, भाइरल डिटेक्टिङ पिसिआर मेसिन र सिआरआरटी मेसिन २०–२० थान मागेको छ ।

अक्सिजन प्लान्ट पाँच थान, इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स सात थान, मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्स पाँच थान र थर्मो स्क्यानर १० थान माग भएको छ ।

त्यस्तै, रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन १० हजार, इन्ट्युवेटिङ सेट र पिसिआर किट्स दुई–दुई हजार तथा थर्मल थर्मो्मिटर हजार थानको सूची बनेको छ ।

प्रतिक्रिया दिनुहोस्