अत्यावश्यकबाहेक सबै सरकारी तथा निजी कार्यालय चैत ९ गतेदेखि बन्द गरिने



काठमाडौं : सरकारले सरकारी तथा निजी कार्यालयहरु आगामी ९ गतेदेखि चैत २१ गतेसम्मको लागि स्थगित गरेको घोषण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

शुक्रबार साँझ ६ बजे उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा सरकारले चालेका कदमहरुको बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्