सार्कको संयुक्त कोषमा नेपालले १० करोड जम्मा गर्ने



काठमाडौं : सार्क कोषमा नेपालले १० करोड जम्मा गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि स्थापना गरिएको आपतकालीन कोषमा नेपालले १० करोड जम्मा गर्ने भएको हो ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त जानकारी दिएका हुन् ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा भएको सार्कस्तरीय भिडियो कन्फ्रेन्समा भारतले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आपतिकालीन कोष निर्माणको प्रस्ताव गरेको थियो ।

भारतले उक्त कोषमा १ करोड डलर जम्मा गर्ने घोषणा गरेको थियो । सो कोषमा अन्य सार्क मुलुकहरुले पनि रकम जम्मा गर्ने घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्