भन्सार छलीका डेढ लाखको सामान सिरहा प्रहरीद्वारा नियन्त्रण



राजविराज : भन्सार छली गरी नेपाल भित्र्याइएको डेढ लाख मूल्य बराबरको सामान मंगलबार प्रहरीले सिरहाका विभिन्न स्थानबाट नियन्त्रण गरेको छ। 

 

ईलाका प्रहरी कार्यालय वरियारपट्टि, माडर तथा वडा प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले चेक जाँचका क्रममा सामान नियन्त्रण गरेको हो।

 

पक्राउ परेको कपडा, कस्मेटिक र खाद्यान्न लगायत गरी १ लाख ४७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको डिएपी माधवराज खरेलले बताए।

प्रतिक्रिया दिनुहोस्