ट्याक्टरबाट लडेर सिरहामा बालकको मृत्यु



सिरहा : सिरहामा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । भित्रि सडकअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–९ मा ट्याक्टरबाट लडेर कर्जन्हा नपा ६ का १२ वर्षीय विजय क्षेत्रीको मृत्यु भएको हो ।

ट्याक्टरको टेलरमा बसेर कर्जन्हा नपा ९ टाबरटोलबाट कर्जन्हा गाउँतर्फ गईरहेको अवस्थामा स १ त ७३६५ नम्वरको ट्याक्टरबाट क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट छातीमा गम्भिर चोटलागेका बालकको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लगिरहेको बेला बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्